logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • ग्लोबल आइएमई बैंकको साधारणसभा कार्तिक २६ गते, ८ प्रतिशत नगद लाभांश प्रस्ताव

    ग्लोबल आइएमई बैंकको साधारणसभा कार्तिक २६ गते, ८ प्रतिशत नगद लाभांश प्रस्ताव

    1.1K
    SHARES
    ग्लोबल आइएमई बैंकको साधारणसभा कार्तिक २६ गते, ८ प्रतिशत नगद लाभांश प्रस्ताव

    काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आगामी कार्तिक २६ गते साधारणसभा आह्वान गरेको छ। बैंकले उक्त सभा मार्फत चालु आर्थिक वर्षका विभिन्न प्रस्तावहरूमा निर्णय गर्ने जनाएको छ।



     

    बैंकको साधारणसभामा आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (नगद लाभांशमा लाग्ने करसहित) वितरण गर्ने प्रस्ताव पेश गरिनेछ। साधारणसभाले स्वीकृत गरेपछि उक्त लाभांश लगानीकर्ताहरूलाई वितरण गरिनेछ।

     

    बैंकले साधारणसभा प्रयोजनका लागि कार्तिक १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार कार्तिक १५ गतेसम्म कायम शेयरधनीहरू मात्रै सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

     

    सभामा पेश गरिने प्रमुख प्रस्तावहरू यसप्रकार छन्:
    १) सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदनमाथि छलफल र पारित गर्ने।
    २) लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण पारित गर्ने।
    ३) बैंकका सहायक कम्पनीहरू — ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र ग्लोबल आइएमई सेक्युरिटिज — का विवरण सहितको एकीकृत (Consolidated) वित्तीय विवरण पारित गर्ने।
    ४) सञ्चालक समितिले प्रस्ताव गरे अनुसार ८ प्रतिशत नगद लाभांश स्वीकृत गर्ने।
    ५) आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखा परीक्षकको नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने।

     

    विशेष प्रस्ताव अन्तर्गत, बैंकले आफ्नो प्रबन्धपत्र तथा नियमावलीमा व्यवसायिक उद्देश्यहरू थप वा संशोधन गर्ने प्रस्ताव पनि सभामा पेस गर्ने भएको छ। यस सम्बन्धमा नियमनकारी निकायको निर्देशन आएमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गरिनेछ।


    अर्थ चौतारी
  • विहिबार, ३० असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट