काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (असोज ३० गते) अन्तिम दिन रहेको छ। बैंकले साधारणसभा प्रयोजनका लागि असोज ३१ गते बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम रहेका शेयरधनीले मात्र आगामी सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन्।
बैंकले आगामी कार्तिक १५ गते साधारणसभा बोलाएको छ। उक्त सभामा आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट वितरण गरिने लाभांशसहितका विविध प्रस्तावहरू पेश गरिनेछन्।
बैंकले हाल कायम चुक्ता पुँजीको १३.५३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ४.६७ प्रतिशत नगद लाभांश गरी कुल १८.२० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्ताहरूलाई वितरण गरिनेछ।
मुक्तिनाथ विकास बैंक हाल देशभरका विभिन्न शाखा मार्फत खुद्रा बैंकिङ, लघुवित्त, कृषि, तथा साना उद्यम वित्तीय सेवाहरू प्रदान गर्दै आइरहेको छ।
अर्थ चौतारी ।