logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • धितोपत्र बजारको उचाईः पुँजीकरण ४४ खर्ब ६७ अर्ब पुग्यो, नेप्से २६७२.२५ मा स्थिर

    धितोपत्र बजारको उचाईः पुँजीकरण ४४ खर्ब ६७ अर्ब पुग्यो, नेप्से २६७२.२५ मा स्थिर

    1.6K
    SHARES
    धितोपत्र बजारको उचाईः पुँजीकरण ४४ खर्ब ६७ अर्ब पुग्यो, नेप्से २६७२.२५ मा स्थिर

    काठमाण्डौ । नेपाल धितोपत्र बजारले नयाँ उचाई छुन सफल भएको छ। भदौ मसान्तसम्म बजार पुँजीकरण ४४ खर्ब ६७ अर्ब ३० करोड पुगेको छ भने नेप्से सूचकाङ्क २६७२.२५ कायम भएको छ। सूचीकृत कम्पनीहरूको संख्या २७६ पुगेको छ, जसमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा सबैभन्दा ठूलो ५२.९ प्रतिशत रहेको छ।



     

    गत वर्षको भदौमा बजार पुँजीकरण ४१ खर्ब ०३ अर्ब ६२ करोड थियो र नेप्से २५८०.७६ मा रहेको थियो। यस अवधिमा बजारको कुल पुँजीकरण गार्हस्थ्य उत्पादनको ७३.१५ प्रतिशतसम्म पुगेको छ।

     

    सूचीकृत कम्पनीहरूमध्ये ९४ जलविद्युत कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ९ अन्य समूहका कम्पनी रहेका छन्।

     

     

    आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब बराबरको थप धितोपत्र सूचीकृत भएका छन्। यसमा १२ अर्ब ७८ करोड साधारण सेयर, १ अर्ब ८३ करोड बोनस सेयर, १ अर्ब ४६ करोड हकप्रद सेयर र ९२ करोड ५० लाख एफपीओ समावेश छन्।

     

     

    नेपाल धितोपत्र बोर्डले सोही अवधिमा १० अर्ब ९५ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासनको अनुमति दिएको छ, जसले बजारमा नयाँ लगानीको सम्भावना थप खुलेको छ।


    अर्थ चौतारी
  • विहिबार, ३० असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट