logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • मध्य भोटेकोशी जलविद्युत आयोजनाबाट व्यापारिक उत्पादन सुरु

    मध्य भोटेकोशी जलविद्युत आयोजनाबाट व्यापारिक उत्पादन सुरु

    1.4K
    SHARES
    मध्य भोटेकोशी जलविद्युत आयोजनाबाट व्यापारिक उत्पादन सुरु

    काठमाण्डौ । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले सिन्धुपाल्चोक जिल्लामा निर्माण गरेको १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजनाबाट औपचारिक रूपमा व्यापारिक उत्पादन सुरु गरेको छ।



     

    कम्पनीका अनुसार, आयोजनाले नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरीद–बिक्री सम्झौता (Power Purchase Agreement – PPA) बमोजिम व्यापारिक उत्पादन मिति (Commercial Operation Date – COD) कायम गरेको हो।

     

    नेपाल विद्युत प्राधिकरण र कम्पनीका पदाधिकारी सम्मिलित **समन्वय समिति (Coordination Committee)**को मिति २०८२ असोज २९ गते अपरान्ह ५:३० बजे बसेको बैठकले आयोजनाको व्यापारिक उत्पादन सुरु मिति २०८२ साल असोज २० गते (अक्टोबर ६, २०२५) मध्यान्ह १२:०० बजेदेखि लागू हुनेगरी निर्णय गरेको कम्पनीले जनाएको छ।

     

    मध्य भोटेकोशी आयोजनाबाट उत्पादन हुने विद्युत अबदेखि नियमित रूपमा राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ।


    अर्थ चौतारी
  • विहिबार, ३० असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट