logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • सांग्रिला डेभलपमेन्ट बैंकले सुरु गर्‍यो एससीटी–युनियनपे कार्ड सेवा

    सांग्रिला डेभलपमेन्ट बैंकले सुरु गर्‍यो एससीटी–युनियनपे कार्ड सेवा

    1.4K
    SHARES
    सांग्रिला डेभलपमेन्ट बैंकले सुरु गर्‍यो एससीटी–युनियनपे कार्ड सेवा

    काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले **स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी)**को एससीटी–युनियनपे कार्ड सेवा सुरु गरेको छ। यससँगै बैंकका ग्राहकहरूले अबदेखि यो कार्डमार्फत डिजिटल भुक्तानी सेवा उपयोग गर्न सक्ने भएका छन्।



    बैंकका अनुसार, असोज २९ गतेदेखि ग्राहकहरूले नजिकको शाखामा गएर सहज रूपमा एससीटी–युनियनपे कार्ड प्राप्त गर्न सक्नेछन्। यस सेवाले डिजिटल भुक्तानी प्रणालीलाई अझ सहज, सुलभ र सुरक्षित बनाउने विश्वास गरिएको छ।

    एससीटीले हालसम्म २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थामार्फत एससीटी–युनियनपे कार्ड जारी गर्दै आएको छ। कम्पनीले आफ्नै स्मार्ट स्विच संरचनामार्फत एससीटी–युनियनपे कार्ड, भिसा कार्ड जारी गर्ने तथा भिसा, रुपे, मास्टरकार्ड र डिस्कभर कार्ड स्वीकार गरी कार्डमार्फत हुने कारोबार सेवा प्रदान गर्दै आएको छ।

     

    नेपालकै पहिलो डोमेस्टिक कार्ड स्किमका रूपमा, एससीटीले विगत दुई दशकदेखि सुरक्षित, सरल र भरपर्दो भुक्तानी सेवा प्रदान गर्दै आएको छ। यसले कार्ड सेवाका साथै बैंक तथा वित्तीय संस्थाहरूलाई स्मार्ट क्यूआर, स्मार्ट पे–आईबीएफटी (अन्तर बैंक भुक्तानी सेवा) र स्मार्ट मोबाइल बैंकिङ जस्ता सेवा पनि उपलब्ध गराउँदै आएको छ।


    अर्थ चौतारी
  • विहिबार, ३० असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट