logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • आज यमपञ्चकको चौथो दिन, गाई तिहार मनाइँदै

    आज यमपञ्चकको चौथो दिन, गाई तिहार मनाइँदै

    1.9K
    SHARES
    आज यमपञ्चकको चौथो दिन, गाई तिहार मनाइँदै

    काठमाण्डौ । आज कार्तिक ५ गते यमपञ्चक अर्थात् तिहार पर्वको चौथो दिन देशभर गाई तिहार र गोरु हर्षाेल्लासका साथ मनाइँदैछ। यो दिनलाई हिन्दु धर्मावलम्बीहरूले गाई र गोरुप्रति सम्मान प्रकट गर्ने विशेष अवसरका रूपमा मनाउँछन्।



     

    यस दिन बिहान गाईलाई देवी लक्ष्मीको प्रतीकका रूपमा पूजा गरिन्छ। गाईलाई फूलमाला, अक्षता, दुध, दही, रोटी र मिठा परिकार अर्पण गरिन्छ। गाईको पूजा गरे पश्चात् घरमा धन, समृद्धि र सौभाग्यको वास हुने विश्वास रहिआएको छ। गाईलाई ‘माता’को रूपमा पूज्ने परम्परा वैदिक कालदेखि नै प्रचलित छ।

     

    त्यसैगरी आज गोरु पूजा पनि रहेको छ। यस दिन गोरुलाई तिलक र माला लगाई, मिठा परिकार अर्पण गर्ने प्रचलन छ। कतिपय ठाउँमा गोरु दौडजस्ता परम्परागत कार्यक्रम आयोजना गरी रमाइलो पनि गर्ने गरिन्छ।


    अर्थ चौतारी
  • बुधबार, ५ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट