logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने कात्तिक १६ गते अन्तिम दिन

    सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने कात्तिक १६ गते अन्तिम दिन

    1.1K
    SHARES
    सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने कात्तिक १६ गते अन्तिम दिन

    काठमाण्डौ । सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने कात्तिक १६ गते अन्तिम दिन रहेको छ । बैंकले लाभांश र सभा प्रयोजनका लागि कात्तिक १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ कात्तिक १६ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।



     

    बैंकले आफ्नो २४ औँ वार्षिक साधारणसभा यही कात्तिक ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान १० बजेबाट सुरु हुनेछ।

     

    सभाले बैंक सञ्चालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०८१।८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैयाँको कुल १०.५३ प्रतिशतले हुन आउने १ अर्ब ४८ करोड ३६ लाख ७४ हजार ९१५ रुपैयाँबराबरको लाभांश अनुमोदन गर्नेछ। जसमा ५ प्रतिशतले हुन आउने ७० करोड ४४ लाख ९९ हजार १० रुपैयाँबराबरको बोनस शेयर र ५.५३ प्रतिशतले हुन आउने ७७ करोड ९१ लाख ७५ हजार ९०५ रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनसहित) छन्।

    सभाले बोनस शेयर वितरणपछि पुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। सभाले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायहरुबाट निर्देशन तथा रायसुझाव समेट्न सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

     

    सभाले स्वतन्त्र सञ्चालकमा ४ वर्षका लागि कमला वाग्लेको नियुक्त पारित गर्नेछ। सभाले गत आर्थिक वर्षका वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ।

     

    सोही सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।


    अर्थ चौतारी
  • बुधबार, ५ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट