logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • गृहमन्त्री अर्यालले छालाको जुत्ता लगाएर पशुपतिनाथ मन्दिरभित्र प्रवेश नगरेको स्पष्टिकरण

    गृहमन्त्री अर्यालले छालाको जुत्ता लगाएर पशुपतिनाथ मन्दिरभित्र प्रवेश नगरेको स्पष्टिकरण

    1.2K
    SHARES
    गृहमन्त्री अर्यालले छालाको जुत्ता लगाएर पशुपतिनाथ मन्दिरभित्र प्रवेश नगरेको स्पष्टिकरण

    काठमाण्डौ । गृहमन्त्री ओमप्रकाश अर्यालले छालाको जुत्ता लगाएर पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको भन्ने सामाजिक सञ्जालमा फैलिएको समाचार असत्य भएको पशुपति क्षेत्र विकास कोषले स्पष्ट पारेको छ।



     

    कोषका निमित्त सदस्य–सचिव सुभाषचन्द्र जोशीका अनुसार मन्त्री अर्यालले कात्तिक ५ गते बुधबार परिवारसहित पशुपति क्षेत्रको निजी भ्रमण गरी मुख्य मन्दिरलगायत अन्य देवालयहरूमा दर्शन गरेका थिए। सो क्रममा उनले निषेधित क्षेत्रमा जुत्ता लगाएर प्रवेश नगरेको कोषले पुष्टि गरेको छ।

     

    जोशीका भनाइअनुसार सामाजिक सञ्जालमा प्रसारित फोटो पशुपतिनाथको मूल मन्दिरभन्दा बाहिर, नैऋत्य कोणतर्फ रहेको ढोकाअघि खिचिएको हो। उक्त ढोका विसं २०५९ मा वसन्त चौधरी कोषको सदस्य–सचिव हुँदा खोलिएको थियो।

     

    त्यो स्थान आर्यघाट हुँदै गुह्येश्वरी जाने बाटो नजिक रहेको र सोही स्थानमा गृहमन्त्री अर्याल, उनकी परिवारका सदस्य, कोषका निमित्त सदस्य–सचिव तथा एकजना पण्डितको उपस्थितिमा तस्बिर खिचिएको भए पनि त्यसलाई मन्दिरभित्रको दृश्यका रूपमा गलत रूपमा प्रचार गरिएको कोषले जनाएको छ।

     

    बुधबारको भ्रमणमा गृहमन्त्री अर्यालले पशुपतिनाथ, मृगस्थलीस्थित गोरखनाथ र गुह्येश्वरी मन्दिरमा पूजा–दर्शन गरेका थिए।


    अर्थ चौतारी
  • शुक्रबार, ७ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट