logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • श्रीनगर एग्रीटेकको आइपीओ आज बाँडफाँड हुँदै

    श्रीनगर एग्रीटेकको आइपीओ आज बाँडफाँड हुँदै

    1.1K
    SHARES
    श्रीनगर एग्रीटेकको आइपीओ आज बाँडफाँड हुँदै

    काठमाण्डौ । श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको आइपीओ आज कात्तिक १२ गते बुधबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्गको कार्यालयमा विहान साढे १० बजे बाँडफाँड हुने जनाइएको छ ।



    अन्तिम दिनसम्म आइपीओमा १९ लाख ४२ हजार ६८२ जनाले आवेदकले २ अर्ब १७ करोड २ लाख ८ हजार रुपैयाँ बराबरको २ करोड १७ लाख २ हजार ८० कित्ताका लागि आवेदन दिएका थिए । जुन यो मागभन्दा ८।६४ गुणा बढी आवेदन हो ।

     

    कम्पनीले गत असोज २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणहरुका लागि कुल २५ लाख १० हजार ४९३ कित्ता आइपीओ निष्कासन गरेको हो । मागभन्दा बढी आवेदन परेकाले कम्पनीको आइपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ ।

    मागभन्दा बढी आवेदन परेकाले कम्पनीको आइपीओ गोलाप्रथा मार्फत बाँडफाँड हुनेछ । कम्पनीको सेयर १० कित्ताका दरले बाँडफाँड गर्दा २ लाख ५१ हजार ४९ जनाले प्राप्त गर्नेछन् । जस अनुसार १६ लाख ९१ हजार भन्दा बढीको हात खाली हुने भएको छ ।

     


    अर्थ चौतारी
  • बुधबार, १२ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट