logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • समयमै विवरण पेस नगर्ने सहकारी संस्था खारेजी गरिने काठमाडौं महानगरको चेतावनी

    समयमै विवरण पेस नगर्ने सहकारी संस्था खारेजी गरिने काठमाडौं महानगरको चेतावनी

    793
    SHARES
    समयमै विवरण पेस नगर्ने सहकारी संस्था खारेजी गरिने काठमाडौं महानगरको चेतावनी

    काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले समयमै वार्षिक वित्तीय विवरण पेस नगर्ने सहकारी संस्था खारेजी गरिने चेतावनी दिएको छ।



    महानगरले एक सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो। ‘काठमाडौं महानगरपालिका सहकारी ऐन, २०७४ को दफा ६६(३) बमोजिम विगत २ आर्थिक वर्षदेखि वार्षिक साधारणसभा गरी वार्षिक विभागमा विवरण पेस नगर्ने सहकारी संस्थाहरुलाई निष्क्रिय तथा सहकारीको मूल्य, मान्यता र सिद्धान्तविपरीत कार्य गरेको मानी निष्क्रिय सहकारी संस्थाको विवरण सार्वजनिक गर्नुका साथै विभागले संस्था खारेजीको प्रक्रिया समेतको कानूनी कारबाही गरिनेछ’, सूचनामा भनिएको छ।

     

    काठमाडौं महानगरपालिका सहकारी ऐन, २०७४ को दफा २८ (२) र १०४ बमोजिम सहकारी संस्थाहरुले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र साधारणसभा सम्पन्न गरी सभा सम्पन्न भएको मितिले १५ दिनभित्र महानगरपालिकामा वार्षिक प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था रहेको छ। हालसम्म पनि केही सहकारी संस्थाहरुले वार्षिक साधारण सभा सम्पन्न गरी आर्थिक वर्ष २०८१।८२ सम्मको लेखापरीक्षण प्रतिवेदन, साधारणसभाको निर्णय तथा वार्षिक प्रतिवेदन पेस गरेको नदेखिएकोले ती सहकारी संस्थाहरुले अविलम्ब वार्षिक साधारणसभा सम्पन्न गरी साधारण सभाको निर्णय तथा वार्षिक प्रतिवेनहरु सहकारी विभागमा पेस गर्न महानगरले निर्देशन दिएको छ।

     

     

    त्यस्तै काठमाडौं महानगरपालिका सहकारी ऐन, २०७४ बमोजिम तोकिएको कार्यविधि तथा सूचकबमोजिम महानगरपालिकाको नियामकीय अधिकार क्षेत्रभित्र रहेका सहकारी संस्थाको अनुगमनका लागि महानगरपालिकाबाट खटिई आउने अनुगमन तथा निरीक्षण टोलीलाई आवश्यक सहयोग पनि पनि महानगरले आग्रह गरेको छ।


    अर्थ चौतारी
  • शुक्रबार, १४ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट