logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • जाडोको सुरुवातसँगै आजदेखि सरकारी कार्यालयको समय घट्यो

    जाडोको सुरुवातसँगै आजदेखि सरकारी कार्यालयको समय घट्यो

    1.1K
    SHARES
    जाडोको सुरुवातसँगै आजदेखि सरकारी कार्यालयको समय घट्यो

    काठमाण्डौ । देशभरका सबै सरकारी कार्यालय आज आइतबार (कात्तिक १६ गते) देखि तीन महिनासम्म एक घण्टा अघि नै बन्द हुने भएका छन्। सरकारले जाडो मौसमका कारण कार्यालय समय घटाउने निर्णय गरेको हो।



     

     

    राजपत्रमा प्रकाशित सूचनाअनुसार अब कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म नेपालभरका सरकारी कार्यालयहरू बिहान १० बजे खुल्ने र अपराह्न ४ बजे बन्द हुने छन्।

    गृह मन्त्रालयका अनुसार शुक्रबारको दिन भने कार्यालय अपराह्न ३ बजेसम्म मात्र खुला रहनेछ।

     

     

    जाडो मौसममा दिन छोटो हुने भएकाले हरेक वर्ष जस्तै यस वर्ष पनि तीन महिनाको अवधिका लागि कार्यालय समय घटाइएको मन्त्रालयले जनाएको छ।

     

     

    यस्तै, दशैं–तिहार बिदा, आन्दोलनका प्रभाव र सेवा प्रवाहमा आएको ढिलाइका कारण अत्यावश्यक सेवामा निरन्तरता दिन सरकारले कार्यालय समयको पुनःसमायोजन गरेको बताइएको छ।

    सरकारले समयमै सेवा प्रवाह सुनिश्चित गर्न सबै कार्यालयलाई तोकिएको समयमा नियमित रुपमा सञ्चालन गर्न निर्देशन पनि दिएको छ।


    अर्थ चौतारी
  • आइतबार, १६ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट