logo

२०८३ जेष्ठ १६, शनिबार

logo
  • २०८३ जेष्ठ १६, शनिबार
  • नेप्सेका कामू डीसीईओ निरञ्जन फुँयालले दिए राजीनामा

    नेप्सेका कामू डीसीईओ निरञ्जन फुँयालले दिए राजीनामा

    1.4K
    SHARES
    नेप्सेका कामू डीसीईओ निरञ्जन फुँयालले दिए राजीनामा

    काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का कामू नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) निरञ्जन फुँयालले राजीनामा दिएका छन् । उनले १० असोजमै राजीनामा दिएको स्रोतले बतायो । फुँयालले निजी क्षेत्रको कम्पनी एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको प्रमुख कार्यकारी अधिकृत बन्न नेप्सेको कामु नायब प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएका हुन् ।



     

    उनको राजीनामा अब बस्ने बोर्ड बैठकले स्वीकृत गर्ने स्रोतको दाबी छ । गैरआवासिय नेपालीको मुख्य लगानीमा स्थापना भएको इन्भेस्टमेन्ट कम्पनी नेप्सेमा सूचीकृत छ । कम्पनीमा जिवा लामिछाने लगायतको लगानी छ ।

     

    कम्पनीमा प्रमुख कार्यकारी अधिकृत रहेका हेमन्त बस्याललाई तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेप्सेको अध्यक्ष नियुक्त गर्ने भएसँगै राजीनामा दिएका थिए ।


    अर्थ चौतारी
  • सोमबार, १७ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट