logo

२०८३ बैशाख २६, शनिबार

logo
  • २०८३ बैशाख २६, शनिबार
  • मष्टा ग्रुपका जीवन चलाउने विरुद्ध मुद्दा दायर, २ अर्ब रुपैयाँ बिगो दाबी

    मष्टा ग्रुपका जीवन चलाउने विरुद्ध मुद्दा दायर, २ अर्ब रुपैयाँ बिगो दाबी

    1.4K
    SHARES
    मष्टा ग्रुपका जीवन चलाउने विरुद्ध मुद्दा दायर, २ अर्ब रुपैयाँ बिगो दाबी

    काठमाण्डौ । सम्पत्ति शुद्धीकरण विभागले मष्टा ग्रुपका सञ्चालक जीवन चलाउने विरुद्ध मुद्दा दायर गरेको छ । विभागले जिल्ला अदालत काठमाण्डौमा सो कम्पनीका सञ्चालक विरुद्ध मुद्दा दायर गरेको हो ।



     

    चलाउनेले २ अर्ब ७ करोड ६२ लाख १३ हजार ५१६ रुपैयाँको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ । अभियोगमा खरिदको कूल मूल्य समेत गर्दा हुन आउने कूल रकम १ अर्ब ४५ करोड ५४ लाख ३ हजार ९४८ रुपैयाँ तथा अवैध तरिकाले आयात गरेको सुन ६० किलो ७१६ ग्रामको तत्कालीन मूल्य प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँका दरले हुन आउने ५८ करोड ५६ लाख ९ हजार ५६८ रुपैयाँ रहेको छ ।

     

    विभागले चलाउनेको नाममा हिमालयन बैंकमा रहेको खातामा ३ करोड ५२ लाख गरी कूल २ अर्ब ७ करोड ६२ लाख १३ हजार ५१६ रुपैयाँको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो ।


    अर्थ चौतारी
  • मंगलबार, १८ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट