काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले आफ्नो मोबाइल बैंकिङ सेवा ‘मुक्तिनाथ फाइदा एप’ मा नयाँ ‘सेल्फ–रिन्यु’ सुविधा सुरु गरेको छ । बैंकले डिजिटल बैंकिङ सेवालाई थप सहज र ग्राहकमैत्री बनाउने उद्देश्यले उक्त सुविधा सञ्चालनमा ल्याएको जनाएको छ ।
यस सुविधासँगै ग्राहकहरूले मोबाइल बैंकिङ सेवा नवीकरण गर्न बैंक शाखा धाउनुपर्ने बाध्यता हटेको छ । अब ग्राहकहरूले घरमै बसेर वा आफूलाई सहज हुने स्थानबाटै एपमार्फत सेवा नवीकरण गर्न सक्नेछन् ।
बैंकका अनुसार ग्राहकले एपमा लगइन गरेपछि ‘Expiry Pop-up’ देखिनेछ । त्यसपछि ‘Renew Now’ मा क्लिक गरी नवीकरण शुल्कसम्बन्धी जानकारी हेरेपछि ‘Continue’ थिच्नुपर्ने हुन्छ । अन्तिम चरणमा आफ्नो Transaction PIN प्रविष्ट गरेपछि सेवा तुरुन्त सक्रिय हुने व्यवस्था गरिएको छ ।
यससँगै बैंकले फाइदा एपमार्फत ग्राहकहरूले आफ्नो NID, PAN तथा इमेल विवरण समेत अपडेट गर्न सक्ने सुविधा उपलब्ध गराएको जनाएको छ । यसले ग्राहकलाई शाखामा उपस्थित नभई विभिन्न विवरण अद्यावधिक गर्न सहज बनाउने विश्वास बैंकले लिएको छ ।
अर्थ चाैतारी ।