logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • तत्कालीन किष्ट बैंकका सीईओ कमल ज्ञवाली रिहा, सर्वोच्चले दियो परमादेश

    तत्कालीन किष्ट बैंकका सीईओ कमल ज्ञवाली रिहा, सर्वोच्चले दियो परमादेश

    1.3K
    SHARES
    तत्कालीन किष्ट बैंकका सीईओ कमल ज्ञवाली रिहा, सर्वोच्चले दियो परमादेश

    काठमाण्डौ । तत्कालीन किष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कमलप्रसाद ज्ञवालीलाई रिहा गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।



    सोमबार पत्नी गौरी खनालले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि फैसला गर्दै न्यायाधीश हरिप्रसाद फुँयाल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले सोमबार ज्ञवालीलाई रिहा गर्न आदेश दिएको हो ।

     

    ऋण दूरुपयोग अभियोगमा उच्च अदालत अन्तर्गतको वाणिज्य इजलास पाटनले ज्ञवाली र उनकी श्रीमती गौरीलाई २०७३ असोजमा जेल र जरिवानाको सजाय सुनाएको थियो।

     

    त्यसपछि २०७५ असोजमा भारतबाट पक्राउ परेका ज्ञवालीलाई सात वर्षदेखि छाड्न अदालतले परमादेश जारी गरेको हो ।


    अर्थ चौतारी
  • मंगलबार, १८ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट