logo

२०८३ बैशाख २५, शुक्रबार

logo
  • २०८३ बैशाख २५, शुक्रबार
  • स्टार्टअप कर्जाका लागि आवेदन आह्वान

    स्टार्टअप कर्जाका लागि आवेदन आह्वान

    1.5K
    SHARES
    स्टार्टअप कर्जाका लागि आवेदन आह्वान

    काठमाण्डौ । सरकारले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव आह्वान गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले सूचना प्रकाशित गर्दै स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि बमोजिम कर्जा लिन इच्छुक योग्य उद्यमीबाट आवेदन आह्वान गरेको हो ।



     

    स्टार्टअप उद्यम कर्जा लिन चाहने उद्यमीहरूले कार्यविधिको दफा ४ अनुसार योग्यता पुरा गरेको हुनुपर्ने जनाएको छ । आवेदकहरू सम्बन्धित क्षेत्रहरूमा नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका हुनुपर्ने व्यवस्था गरिएको छ । इच्छुक उद्यमीहरूले आज मितिले २१ दिनभित्र परियोजना प्रस्ताव पेस गरिसक्नुपर्ने जनाइएको छ । परियोजना प्रस्ताव तोकिएको ढाँचामा तयार अनलाइनमार्फत् आवेदन दिन सकिनेछ ।

     

    उद्योगमन्त्री अनिलकुमार सिन्हाले ल्याएको कार्ययोजनामा माघ महिनाभित्र स्टार्टअप कर्जाको लागि प्रारम्भिक छनोट गरिसक्ने तय गरिएको थियो । त्यही अनुसार प्रतिष्ठानले आवेदन मागेको हो ।

    1000046793


    अर्थ चौतारी
  • बुधबार, १९ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट