logo

२०८३ जेष्ठ १२, मंगलबार

logo
  • २०८३ जेष्ठ १२, मंगलबार
  • ११ अंकले घट्यो बजार, दरमखोला हाइड्रोको सेयरमा सर्किट ब्रेक

    ११ अंकले घट्यो बजार, दरमखोला हाइड्रोको सेयरमा सर्किट ब्रेक

    1.5K
    SHARES
    ११ अंकले घट्यो बजार, दरमखोला हाइड्रोको सेयरमा सर्किट ब्रेक

    काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा ११.२९ अंकको गिरावट आएको छ। नेप्से उक्त अंकले घटेर २५९६.१२ विन्दुमा झरेको हो।



     

    यस दिन १ करोड कित्ता बिक्रीपछि कारोबार रकम ५ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार ७७ वटा सेयरको मूल्य बढ्दा १६५ वटाको घटेको र ९ वटाको अघिल्लो मूल्यमा कारोबार भएको छ।

     

    आज दरमखोला हाइड्रो इनर्जीको सेयरमा सकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ। १० प्रतिशतले सेयर बढ्दा लगानीकर्ताले प्रतिकित्ता ४०.२० रुपैयाँ कमाएका छन्। यसबाहेक माबिलुङ इनर्जीको ९.९९ प्रतिशत, उपकार लघुवित्तको ८.१५ प्रतिशत, उन्नति सहकार्य लघुवित्तको ८.११ प्रतिशत र मानुषी लघुवित्तको सेयर पनि ७.९७ प्रतिशतले बढेको छ।

     

    यसबाहेक सम्पदा लघुवित्तको सेयरमा भने नकारात्मक सर्किट लागेको छ। त्यसबाहेक अन्य सेयरहरु अधिकतम ४.३७ प्रतिशतसम्म मात्र घटेका छन्।

     

    बिहीबार शिवम् सिमेन्ट र राधी विद्युत्को ३०/३० करोडको कारोबार भएको छ। यस्तै हिमालयन डिस्टिलरी र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको २७/२७ करोडको कारोबार भएको छ।


    अर्थ चौतारी
  • विहिबार, २० कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट