logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • एनएमबि बैंकको पहिलो त्रैमासः नाफामा गिरावट, ब्याज आम्दानीमा उल्लेख्य वृद्धि

    एनएमबि बैंकको पहिलो त्रैमासः नाफामा गिरावट, ब्याज आम्दानीमा उल्लेख्य वृद्धि

    1.2K
    SHARES
    एनएमबि बैंकको पहिलो त्रैमासः नाफामा गिरावट, ब्याज आम्दानीमा उल्लेख्य वृद्धि

    काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।



    बैंकले सो अवधिसम्ममा ९१ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २०.०४ प्रतिशतले कम हो। गत वर्ष सोही अवधिमा बैंकको नाफा १ अर्ब १४ करोड रुपैयाँ रहेको थियो।

     

    तर, बैंकको खुद ब्याज आम्दानी भने २४.४९ प्रतिशतले बढ्दै २ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ। गत वर्ष यो रकम १ अर्ब ९९ करोड रुपैयाँ थियो।

    समीक्षा अवधिमा कुल सञ्चालन आम्दानी २३.४७ प्रतिशतले बढेको भए पनि सञ्चालन मुनाफा १४.३१ प्रतिशतले घटेको बैंकले जनाएको छ। हाल बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९४ करोड रुपैयाँ रहेको छ।

     

    एनएमबि बैंकको चुक्ता पूँजी १८ अर्ब ३६ करोड रुपैयाँ र जगेडा कोषमा १४ अर्ब २६ करोड रुपैयाँ सञ्चित छ।
    असोज मसान्तसम्ममा बैंकले २ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

     

    नाफा घटेसँगै प्रतिशेयर आम्दानी (EPS) पनि घट्दै १९ रुपैयाँ ९५ पैसामा सीमित भएको छ। बैंकको प्रतिशेयर नेटवर्थ १७८ रुपैयाँ ६४ पैसा र मूल्य–आम्दानी अनुपात (P/E Ratio) ११.७८ गुणा रहेको छ।

     


    अर्थ चौतारी
  • शुक्रबार, २१ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट