logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • मुक्तिनाथ विकास बैंकले कमायाे २२ करोड ४७ लाख नाफा, कस्ता छन् अन्य सूचक ?

    मुक्तिनाथ विकास बैंकले कमायाे २२ करोड ४७ लाख नाफा, कस्ता छन् अन्य सूचक ?

    1.3K
    SHARES
    मुक्तिनाथ विकास बैंकले कमायाे २२ करोड ४७ लाख नाफा, कस्ता छन् अन्य सूचक ?

    काठमाण्डाै । मुक्तिनाथ विकास बैंककाे नाफामा दाेहाेराे अंककाे गिरावट आएको छ । तीन महिनामै बैंकले २२ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले शुक्रबार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकको खुद नाफा २०.२४ प्रतिशत घटेको छ ।



    गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकले २८ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियाे । नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ २४ पैसा घटेर १२ रुपैयाँ ७६ पैसा कायम भएको छ।

     

    यस्तै बैंककाे वितरणयाेग्य नाफामा भने उछाल देखिएकाे छ । समिक्षा अवधिमा बै.ककाे वितरणयोग्य मुनाफा ९४.७१ प्रतिशत बढेर १ अर्ब २२ करोड रुपैयाँ पुगेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी १७ रुपैयाँ ३८ पैसा रहेको छ।

     

    समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.७३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १९.८९ प्रतिशत घटेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ५.७२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २०.३७ प्रतिशत घटेको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ २ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३४.१३ गुणा रहेको छ।

     

     

    ७ अर्ब ४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब ९३ करोड रुपैयाँ सञ्चित छ। बैंकले असोज मसान्तसम्ममा १ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९६ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

     


    अर्थ चौतारी
  • शुक्रबार, २१ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट