logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • लक्ष्मी सनराइज बैंककाे नाफा ३३ करोड बढी

    लक्ष्मी सनराइज बैंककाे नाफा ३३ करोड बढी

    1.1K
    SHARES
    लक्ष्मी सनराइज बैंककाे नाफा ३३ करोड बढी

    काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले तीन महिनामै बैंकले ३३ करोड बढी नाफा कमाएको देखिन्छ । बैंकले शुक्रबार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।



     

    समिक्षा अवधिमा बैंकले ३३ करोड २३ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यद्यपि, यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा भने ३८.०४ प्रतिशत कमी हो । जबकि, गत आवको पहिलो त्रैमासमा बैंकले ५३ करोड ६३ लाख ५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

     

    बैंकको खुद ब्याज आम्दानी भने सामान्य बढेको देखिन्छ । समिक्षा अवधिमा बैंकको यस्तो आम्दानी १.५९ प्रतिशत बढेर २ अर्ब ७१ करोड ५१ लाख ७६ हजार रुपैयाँ कायम भएको छ । जबकि, गत आवको सोही अवधिमा बैंकले यस्तो आम्दानी २ अर्ब ६७ करोड २७ लाख रुपैयाँ रहेको थियो । यता, बैंकको संचालन नाफा भने ४२.११ प्रतिशत घटेर ४३ करोड ८१ लाख ७२ हजार रुपैयाँ कायम भएको छ ।

     

    हाल बैंकको वितरणयोग्य नाफा २ अर्ब ६२ करोड ३७ लाख रुपैयाँ कायम भएको छ । हाल बैंकको चुक्ता पुँजी २४ अर्ब ३४ करोड ६५ लाख रुपैयाँ छ । बैंकले जगेडा कोषमा भने २० अर्ब ६६ करोड ८६० लाख रुपैयाँ राखेको छ ।

     

    हाल बैंकसँग ५.४२ प्रतिशत खराब कर्जा छ । यता, हाल बैंकको प्रतिसेयर आम्दानी ५.४६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८४.८९ रुपैयाँ छ । समिक्षा अवधिमा आइपुग्दा बैंकको निक्षेप २.१७ प्रतिशत बढेर ३ खर्ब ७५ अर्ब ९६ लाख रुपैयाँ पुगेको छ । यता, कर्जा प्रवाह पनि २.६७ प्रतिशत बढेर २ खर्ब ८२ अर्ब ३७ करोड ७४ लाख रुपैयाँ कायम भएको छ ।


    अर्थ चौतारी
  • शुक्रबार, २१ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट