logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • जोशी हाइड्रोपावरको लिलामी शेयर बाँडफाँड सम्पन्न, प्रति शेयर २४४ रुपैयाँमा बिक्री

    जोशी हाइड्रोपावरको लिलामी शेयर बाँडफाँड सम्पन्न, प्रति शेयर २४४ रुपैयाँमा बिक्री

    1.2K
    SHARES
    जोशी हाइड्रोपावरको लिलामी शेयर बाँडफाँड सम्पन्न, प्रति शेयर २४४ रुपैयाँमा बिक्री

    काठमाण्डौ । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हालै लिलाम बिक्रीमा राखिएको अवितरित हकप्रद शेयरको बाँडफाँड सम्पन्न गरेको छ।



     

     

    कम्पनीले असोज २८ गतेदेखि कात्तिक ११ गतेसम्म लिलाम बिक्रीका लागि सर्वसाधारण समूहमा बाँकी रहेका १ लाख ८९ हजार ९२७ कित्ता शेयर बिक्रीमा राखेको थियो।

     

     

    बिक्री अवधिभर प्राप्त बोलपत्रहरू अध्ययन गरी कम्पनीको सञ्चालक समितिले कात्तिक २० गते बसेको बैठकमार्फत बाँडफाँड गरेको हो। बाँडफाँड अनुसार लिलामीको अन्तिम कट अफ मूल्य प्रति शेयर २४४ रुपैयाँ कायम भएको कम्पनीले जानकारी दिएको छ।

     

     

    २४४ रुपैयाँ वा सोभन्दा बढी मूल्यमा आवेदन दिने आवेदकहरूलाई सापेक्षिक भारका आधारमा समानुपातिक रूपमा शेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ।

    यसअन्तर्गत, शेयर नपाउने आवेदकहरूको रकम कात्तिक २३ गतेदेखि फिर्ता गरिने व्यवस्था गरिएको छ।

     

     

    जोशी हाइड्रोपावरले यसअघि हकप्रद शेयर निष्कासन गर्दा बाँकी रहेका शेयरलाई लिलामी प्रक्रिया मार्फत बिक्री गरेको हो, जसले कम्पनीको पूँजी संरचना सुदृढ गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।


    अर्थ चौतारी
  • शुक्रबार, २१ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट