logo

२०८३ बैशाख २६, शनिबार

logo
  • २०८३ बैशाख २६, शनिबार
  • सानो गौचरणमा महानगरको डोजर, जिल्ला खेलकुदको १७ सटरसहित घर भत्काइँदै

    सानो गौचरणमा महानगरको डोजर, जिल्ला खेलकुदको १७ सटरसहित घर भत्काइँदै

    1.4K
    SHARES
    सानो गौचरणमा महानगरको डोजर, जिल्ला खेलकुदको १७ सटरसहित घर भत्काइँदै

    काठमाण्डौ । काठमाण्डौ महानगरपालिका वडा नम्बर ५ सानो गौचरण खेलकुद मैदानको क्षेत्र अधिकार भित्र रहेका संरचनाहरू भत्काउन थालेको छ ।



    काठमाण्डौ महानगर प्रहरी बलले डोजर जलाएर जिल्ला खेलकुद विकास समितिले हडपेर बनाएको संरचना भत्काउन थालेको नगर प्रहरी जनाएको छ । ‘१७ वटा सटर सहित पक्कीघरहरु रहेका थिए । त्यो महानगरले आजबाट भत्काउन सुरु गरेकाे हो । ५ दिनभित्र सबै हटाइसक्छौँ,’ नगर प्रहरी निरीक्षक प्रकाश पण्डितले भने ।

     

    ५ नम्बर वडाका वडाध्यक्ष विरेन्द्र प्रजापतिका अनुसार महानगरपालिकाले सानो गौचरणलाई राष्ट्रिय स्तरको रङ्गशाला बनाउन लागिरहेकोले अनधिकृत रूपमा निर्माण भएको संरचना हटाउन थालिएको हो । ‘यहाँ खेलकुद विकास समिति, विभिन्न क्लबहरूले सटर बनाएर भाडा उठाउन थालेपछि विवाद हुँदै आएको थियो । अब महानगर आफैँले प्यारापिट सहितको स्टेडियम बनाउँछ । त्यसकारण हामीले छलफल गरेर भत्काउन सुरु गरेका हौँ,’ प्रजापतीले भने ।


    अर्थ चौतारी
  • शुक्रबार, २१ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट