logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • १ हजार रुपैयाँका ४३ करोड थान नोट चीनमा छापिने

    १ हजार रुपैयाँका ४३ करोड थान नोट चीनमा छापिने

    1.6K
    SHARES
    १ हजार रुपैयाँका ४३ करोड थान नोट चीनमा छापिने

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले १ हजार रुपैयाँका नयाँ नोट छपाइका लागि चिनियाँ कम्पनीसँग सम्झौता गरेको छ।



     

    राष्ट्र बैंकका अनुसार, १ हजार रुपैयाँका ४३ करोड थान नोट छपाइ गर्ने जिम्मा चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेशनलाई दिइएको हो। उक्त कार्यका लागि १ करोड ६९ लाख ८५ हजार अमेरिकी डलर (झण्डै २२ अर्ब नेपाली रुपैयाँ) खर्च हुने बताइएको छ।

     

     

    चिनियाँ कम्पनीले नोटको डिजाइन, प्रिन्टिङ, आपूर्ति र डेलिभरी सबै जिम्मेवारी लिनेछ।

     

    यसअघि पनि सोही कम्पनीले नेपालका ५, १०, १०० र ५०० रुपैयाँका नोट छपाइको जिम्मा पाइसकेको थियो।

     

    राष्ट्र बैंकका अधिकारीहरूका अनुसार, नयाँ नोटहरूको छपाइ कार्य सम्पन्न भएपछि बजारमा पुराना नोट फेरेर क्रमशः नयाँ नोट ल्याउने तयारी भइरहेको छ।


    अर्थ चौतारी
  • शनिबार, २२ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट