logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • मतदाता नामावली संकलन उत्साहजनक रूपमा अघि बढ्दै : आयोग

    मतदाता नामावली संकलन उत्साहजनक रूपमा अघि बढ्दै : आयोग

    1.5K
    SHARES
    मतदाता नामावली संकलन उत्साहजनक रूपमा अघि बढ्दै : आयोग

    काठमाण्डौ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर मतदाता नामावली संकलन कार्य उत्साहजनक रूपमा भइरहेको निर्वाचन आयोगले जनाएको छ।



     

     

    आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार हाल देशभरका मतदाता नामावली दर्ता केन्द्रहरूमा नागरिकको उल्लेख्य सहभागिता देखिएको छ। नामावली संकलन कार्य कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ।

     

     

    फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गर्ने र नागरिकताको प्रमाणपत्र प्राप्त गरेका नेपाली नागरिकले यस अवधिभित्र मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउन सक्नेछन्। आयोगले योग्य नागरिकहरूलाई शीघ्र दर्ता गराउन पुनः आग्रह गरेको छ।

     

     

    अधिक संख्यामा दर्ता हुन थालेपछि केही स्थानमा नामावली दर्ता सर्भरमा चाप पर्न गई सेवा लिन असहजता भएको गुनासो आएको आयोगले जनाएको छ।

     

    आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि, विगतझैँ १६ वर्ष उमेर पूरा गरी नागरिकता लिएका नेपाली नागरिकले पनि मतदाता नामावलीमा नाम दर्ता गराउन पाउने व्यवस्था हुनेछ।


    अर्थ चौतारी
  • शनिबार, २२ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट