logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • रुपन्देही उद्योग संघको अध्यक्षमा पराजुली निर्वाचित

    रुपन्देही उद्योग संघको अध्यक्षमा पराजुली निर्वाचित

    1.3K
    SHARES
    रुपन्देही उद्योग संघको अध्यक्षमा पराजुली निर्वाचित

    रुपन्देही । रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली निर्वाचित भएका छन्। संघको २४औँ अधिवेशनमार्फत पराजुलीसहित सबै पदमा निर्विरोध नेतृत्व चयन गरिएको हो।



     

     

    निर्वाचन समितिका सदस्य दिनेश पाण्डेका अनुसार बिहीबार मनोनयन दर्ता भएपछि अधिकांश पदमा एकल उम्मेदवारी परेको र शुक्रबार उम्मेदवारी फिर्ता समयभित्र प्रतिस्पर्धीहरूले नाम फिर्ता लिएपछि सबै पदमा निर्विरोध चयन गरिएको हो।

     

     

    संघको नयाँ नेतृत्वमा वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्ले, प्रथम उपाध्यक्ष हरिबहादुर खत्री, द्वितीय उपाध्यक्ष युवराज आचार्य, महासचिव सुमन बस्याल, कोषाध्यक्ष विशाल बेलवासे, सचिव अशोक कुँवर र सह–कोषाध्यक्ष राजु घिमिरे निर्वाचित भएका छन्।

     

     

    महिला सचिव पदका लागि **शारदा रेग्मी (भट्टराई)**ले उम्मेदवारी फिर्ता लिएपछि उक्त पद खाली रहेको निर्वाचन समितिले जनाएको छ।

     

     

    त्यस्तै, सदस्यहरूमा इञ्जिनियर किरण खरेल, अखिलेश गुप्ता कसौधन, तेजप्रसाद पराजुली, रमेशप्रसाद आचार्य, लालप्रसाद बस्याल, काशीनाथ खनाल, मेघबहादुर घिमिरे, अनिशकुमार कसौधन, थानेश्वर पाण्डे, पार्वती गिरी र दिलु शाही लगायत विभिन्न पालिकाबाट प्रतिनिधि निर्वाचित भएका छन्।

     

     

    संघको ३३ सदस्यीय कार्यसमितामा ३१ जना अधिवेशनबाट निर्वाचित हुने र बाँकी दुई जनालाई अध्यक्षले मनोनीत गर्ने व्यवस्था छ। खाली पदहरू पहिलो बैठकबाट मनोनीत गरिने तयारी भएको छ।

     

     

    शनिबार बुटवलमा आयोजित संघको ४७औँ साधारण सभामा नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे, बुटवल मेयर खेलराज पाण्डेय, प्रदेश अध्यक्ष एजाज आलम लगायतले शुभकामना व्यक्त गरेका थिए।

     

     

    संघका निवर्तमान अध्यक्ष दिलीप सापकोटाका अनुसार नयाँ निर्वाचित कार्यसमितिको पदस्थापन शनिबार राति नै गर्ने कार्यक्रम तय गरिएको छ।


    अर्थ चौतारी
  • शनिबार, २२ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट