logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • रुपन्देहीमा करिब २३ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद

    रुपन्देहीमा करिब २३ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद

    1.1K
    SHARES
    रुपन्देहीमा करिब २३ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद

    देवदह (रुपन्देही)। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दुई दिनको अवधिमा झण्डै रु २२ लाख ८८ हजार २२८ बराबरको अवैध सामान बरामद गरेको छ।



     

     

    प्रहरीका अनुसार यही कात्तिक २१ र २२ गते विभिन्न स्थानमा जाँच गर्ने क्रममा भन्सार छली तथा चोरी–पैठारी गरिएका वस्तुहरू नियन्त्रणमा लिइएका हुन्। बरामद गरिएका सामानहरूलाई कात्तिक २३ गते भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए।

     

     

    प्रहरीका अनुसार, रोहिणी गाउँपालिका–२, मैनिहवाबाट ऊनका लेडिज कुर्ता, बच्चाका मोजा, टोपी, टाउजर सेट, हुडी, जेन्स मोजा गरी रु १ लाख २५ हजार ८ सय बराबरका सामान बरामद गरिएको छ।

     

     

    तिलोत्तमा नगरपालिका–३, शंकरनगरबाट भारतीय नम्बर प्लेटको कारमा लुकाइछिपाइ ल्याइएका विभिन्न सामानसहित रु १८ लाख ४० हजार २२८ बराबरका वस्तुहरू बरामद गरिएको छ। बरामद सामानमा ल्यापटप चार्जर, मोबाइल डिस्प्ले, मदिराका बोतल, धातुका मूर्ति र गमका प्याकेटहरू समावेश छन्।

     

     

    मायादेवी गाउँपालिका–५, गोनाहाबाट लु २२ प १२५७ नम्बरको मोटरसाइकलसहित ऊनका सुट, सल, बाक्ला कपडा र काँचो कपडा गरी रु ३ लाख २२ हजार २०० बराबरका सामान नियन्त्रणमा लिइएका छन्।

    प्रहरीले सबै सामान आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा पठाएको जनाएको छ।


    अर्थ चौतारी
  • सोमबार, २४ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट