logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • मन्त्रिपरिषद्को बैठकले प्रहरी महानिरीक्षकमा दानबहादुर कार्कीलाई नियुक्त गर्‍यो

    मन्त्रिपरिषद्को बैठकले प्रहरी महानिरीक्षकमा दानबहादुर कार्कीलाई नियुक्त गर्‍यो

    1.2K
    SHARES
    मन्त्रिपरिषद्को बैठकले प्रहरी महानिरीक्षकमा दानबहादुर कार्कीलाई नियुक्त गर्‍यो

    काठमाण्डौ । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त गरेको छ।



    सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलका अनुसार कार्कीलाई कात्तिक २७ गतेदेखि लागू हुनेगरी नियुक्त गरिएको हो।

     

    सोमबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न महत्त्वपूर्ण निर्णयहरू पनि गरेको छ। बैठकले राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गरेको छ।

     

    त्यसैगरी, भदौ २३ र २४ गतेका घटना सम्बन्धी जाँचबुझ आयोगमा निजामती सेवा तर्फ चार जना र नेपाल प्रहरी तर्फ ११ जना गरी १५ जना कर्मचारी थप गर्ने निर्णय गरिएको छ।

     

    बैठकले आगामी कात्तिक २६ देखि २८ गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल–भारत समन्वय (कोर्डिनेशन) बैठकको नवौँ सत्रमा सहभागी हुन सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालको संयोजकत्वमा प्रतिनिधि मण्डल पठाउने स्वीकृति पनि दिएको छ।

     

    त्यस्तै, सरकारले भू–उपयोग (तेस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गरेको छ। साथै, आगामी फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशमा दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न स्वीकृति दिने निर्णय गरिएको छ।

     

    मन्त्री खरेलका अनुसार, बैठकले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई पदमुक्त गरी सुरेन्द्रलाल कर्णलाई नयाँ प्रदेश प्रमुखका रूपमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय समेत गरेको छ।


    अर्थ चौतारी
  • सोमबार, २४ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट