काठमाण्डौ । कुमारी बैंकले गत आर्थिक वर्ष २०८१/८२ का लागि शेयरधनीहरुलाई कुनै लाभांश नदिने निर्णय गरेको छ।
बैंकको सञ्चालक समितिले बुधबार साँझ बसेको बैठकमा उक्त आर्थिक वर्षको लाभांश वितरण नगर्ने प्रस्ताव पारित गरेको हो। यस निर्णयअनुसार, बैंकका शेयरधनीहरूले उक्त वर्षका लागि कुनै नगद वा बोनस लाभांश पाउने छैनन्।
त्यसैगरी, बैंकले उक्त आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पेश गर्ने र केन्द्रीय बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभामा अनुमोदनका लागि प्रस्तुत गर्ने तयारी गर्ने भएको छ।
अर्थ चौतारी ।