logo

२०८३ बैशाख ४, शुक्रबार

logo
  • २०८३ बैशाख ४, शुक्रबार
  • जेनजी आन्दोलनका कारण एनएलजी इन्स्योरेन्स घाटामा, व्यापारमा भने उल्लेखनीय वृद्धि

    जेनजी आन्दोलनका कारण एनएलजी इन्स्योरेन्स घाटामा, व्यापारमा भने उल्लेखनीय वृद्धि

    1.1K
    SHARES
    जेनजी आन्दोलनका कारण एनएलजी इन्स्योरेन्स घाटामा, व्यापारमा भने उल्लेखनीय वृद्धि

    काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८२।८३ को प्रथम त्रैमास (साउन–असोज)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।



     

    वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीले १० करोड १० लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को असोजसम्म कम्पनीले ४ करोड ८९ लाख नाफा आर्जन गरेको थियो।

    गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको कारणले भएको क्षतिले गर्दा समीक्षा अवधिको नाफामा नकारात्मक असर परेको हो। जलवायु परिवर्तनका कारणले बाढीपहिरो तथा दैवी प्रकोपको प्रभावले पनि कम्पनीको नाफा प्रभावित बनेको छ। Crest चुक्तापुँजी २ अर्ब ५६ करोड ५२ लाख रुपैयाँ रहेको कम्पनीको समीक्षा अवधिसम्म शेयर प्रिमियममा २७ करोड १९ लाख रुपैयाँ, स्पेसल रिजर्भमा १ अर्ब ३८ करोड २७ लाख रुपैयाँ, महावित्तपत्ति कोषमा ८ करोड ५७ लाख रुपैयाँ र अन्य इक्विटीमा १७ करोड ४२ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ १५ करोड ७ लाख रुपैयाँले ऋणात्मक रहेको छ।

    अघिल्लो वर्ष असार मसान्तसम्म कम्पनीको शेयर प्रिमियममा २७ करोड १९ लाख रुपैयाँ, स्पेसल रिजर्भमा १ अर्ब ३८ करोड २७ लाख रुपैयाँ, महावित्तपत्ति कोषमा ८ करोड ५७ लाख रुपैयाँ, अन्य इक्विटीमा १७ करोड ८८ लाख रुपैयाँ र रिटेन्ड अर्निङ ५ करोड ७४ लाख रुपैयाँ रहेको थियो। समीक्षा अवधिसम्म कम्पनीले ८२ करोड २१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

     

    अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ५७ करोड ४८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल व्यापार ४३.०२ प्रतिशतले बढेको छ। चालु वर्षको असोजसम्म कम्पनीले १७ करोड ५७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिसम्म कम्पनीले १३ करोड ५१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद व्यापार ३०.०९ प्रतिशतले बढेको छ। समीक्षा अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी १५.७६ रुपैयाँले ऋणात्मक बनेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १२.७१ रुपैयाँ थियो। मूल्य आम्दानी अनुपात ४४.२३ गुणाले ऋणात्मक रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १६८.७६ रुपैयाँ रहेको छ।


    अर्थ चौतारी
  • शुक्रबार, २८ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट