logo

२०८३ बैशाख १९, शनिबार

logo
  • २०८३ बैशाख १९, शनिबार
  • ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता

    ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता

    260
    SHARES
    ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता

    काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् । उनीहरूबीच शनिबार भेटवार्ता भएको हो ।



    भेटमा नेपाल र अमेरिकाबीचको आर्थिक साझेदारीलाई सुदृढ बनाउनेबारे छलफल भएको गोरले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । साथै, उनले भेटवार्ताबारे जानकारी गराउँदै लेखेका छन्, ‘नेपालको नयाँ सरकारसँग परिवर्तनको लागि अविश्वसनीय जनादेश छ, र उनीहरूले घोषणा गरेका सुधारहरू धेरै आशाजनक छन् ।’

    गोर बिहीबार साँझ काठमाडौं आएका थिए । उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग पनि भेट गरेका थिए । उनी शनिबार राति नयाँ दिल्ली प्रस्थान गर्ने कार्यतालिका रहेको छ ।


    अर्थ चाैतारी
  • शनिबार, १९ बैशाख २०८३
  • सम्बन्धित समाचार