logo

२०८३ बैशाख १९, शनिबार

logo
  • २०८३ बैशाख १९, शनिबार
  • भारततर्फ लैजाँदै गरेकाे ६ हजार ९ केजी स्याउसहित तीन गाडी नियन्त्रणमा

    भारततर्फ लैजाँदै गरेकाे ६ हजार ९ केजी स्याउसहित तीन गाडी नियन्त्रणमा

    39
    SHARES
    भारततर्फ लैजाँदै गरेकाे ६ हजार ९ केजी स्याउसहित तीन गाडी नियन्त्रणमा

    काठमाण्डौ । महोत्तरीको मनराशिसवा नगरपालिका–२ स्थित सीमा क्षेत्रबाट अवैध रूपमा भारततर्फ लैजाँदै गरिएको ठूलो परिमाणको स्याउसहित तीन वटा पिकअप गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।



    सशस्त्र प्रहरी बल नेपालका अनुसार शनिबार प्रदेश ०२–०२–००१ च ०७२२, प्रदेश १–०४–००१ च ०४१४ र मधेश प्रदेश ०४–००१ च ०३८० नम्बरका गाडीमा राखी तस्करीका लागि लैजाँदै गरिएको ६ हजार ९ केजी स्याउ बरामद गरिएको सह प्रबक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

    उनका अनुसार स्याउ ३ सय ४५ कार्टुनमा प्याक गरिएको अवस्थामा फेला परेको हाे । सशस्त्र प्रहरी बल नेपाल नं. ९ महोत्तरी तथा मातहत युनिटको संयुक्त टोलीले विशेष सूचनाका आधारमा चेकजाँचका क्रममा उक्त परिमाणको स्याउसहित गाडी नियन्त्रणमा लिएको हो ।

    बरामद गरिएका गाडी तथा स्याउ आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीका सह–प्रवक्ता थापाले जानकारी दिए ।


    अर्थ चाैतारी
  • शनिबार, १९ बैशाख २०८३
  • सम्बन्धित समाचार