logo

२०८३ बैशाख १७, विहिबार

logo
  • २०८३ बैशाख १७, विहिबार
  • बहुमूल्य धातुको कारोबारमा कडाइ

    बहुमूल्य धातुको कारोबारमा कडाइ

    1.4K
    SHARES
    बहुमूल्य धातुको कारोबारमा कडाइ

    काठमाण्डौ । सरकारले बहुमूल्य धातु र रत्नको कारोबारमा कडाइ गर्ने निर्णय गरेको छ। आन्तरिक राजस्व विभागले जारी गरेको नयाँ निर्देशनअनुसार सुन, चाँदी, प्लाटिनम, डायमन्डजस्ता बहुमूल्य धातु तथा वस्तुको कारोबार अब थप नियमनमा रहनेछ।



     

    निर्देशनअनुसार व्यवसायीहरूले सबै कारोबार व्यवसायिक बैंक खातामार्फत मात्र गर्नुपर्नेछ। व्यक्तिगत, परिवार वा तेस्रो व्यक्तिको खाता प्रयोग गरेर कारोबार गर्न नपाइने व्यवस्था गरिएको छ।

     

    यस्तै, १० लाख रुपैयाँ वा सोभन्दा बढी रकमको कारोबारमा ग्राहककै बैंक खाताबाट भुक्तानी अनिवार्य गरिएको छ। भुक्तानीमा विद्युतीय माध्यमलाई प्राथमिकता दिनुपर्ने उल्लेख छ।

     

    निर्देशन नमान्ने व्यवसायीलाई पहिलोपटक सचेत, दोश्रोपटक १० लाख रुपैयाँसम्म र तेश्रोपटक ५० लाख रुपैयाँसम्म जरिवाना गरिनेछ। निरन्तर अटेर गरे दर्ता समेत खारेज गर्न सकिने व्यवस्था छ।

    सरकारका अनुसार यो कदमले धातु कारोबारमा पारदर्शिता बढाउने र सम्पत्ति शुद्धीकरण रोक्न सहयोग गर्नेछ।


    अर्थ चौतारी
  • शुक्रबार, २८ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट