काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनी (आरबीसीएल) ले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार यो अवधिमा कम्पनीका अधिकांश प्रमुख वित्तीय सूचकहरू कमजोर बनेका छन्।
कम्पनी पहिलो त्रैमासमा ९ करोड ९५ लाख रुपैयाँ घाटामा पुगेको छ। गत वर्षको यही अवधि भने कम्पनीले १५ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको थियो।
बीमा व्यवसायमा पनि उल्लेख्य गिरावट आएको छ। गत वर्ष ६३ करोड ४६ लाख रुपैयाँ बीमाशुल्क संकलन भएकोमा यस वर्ष २२ करोड ४१ लाख रुपैयाँ मात्र संकलन भएको छ, जुन करिब ६४ प्रतिशत कमी हो।
बीमा नवीकरणको अवस्थासमेत कमजोर देखिएको छ। गत वर्ष ३ हजार २ सय २७ बीमितले नवीकरण गराएका थिए भने यस वर्ष २७ जनाले मात्र बीमा नवीकरण गरेका छन्।
व्यवसाय घटेसँगै कम्पनीले दीर्घकालीन तथा निश्चित अवधिका लगानीहरू पनि सीमित गर्दै गएको विवरणमा उल्लेख छ।
वित्तीय सूचकको अवस्था यस प्रकार छः
प्रतिशेयर आम्दानी (EPS) – ३७ रुपैयाँ ३२ पैसा
प्रतिशेयर नेटवर्थ (Net Worth Per Share) – ६,४०१ रुपैयाँ ८४ पैसा
कम्पनीले व्यवस्थापन सुधार र बीमा सेवाको गुणस्तर वृद्धि गर्दै आगामी त्रैमासमा व्यवसायिक अवस्था सुधार गर्ने लक्ष्य लिएको छ।
अर्थ चौतारी ।