काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले साना तथा मझौला उद्योग (एसएमई) र कृषि कर्जाको सदुपयोगबारे प्रश्न उठाएका छन्।
उनले राष्ट्र बैंकले प्राथमिकताका साथ कर्जा प्रवाह गर्न लगाए पनि त्यसले अपेक्षित परिणाम नदेखाएको बताए।
उनका अनुसार बैंकहरुको खराब कर्जा (NPL) बढ्नुको एक कारण ऋणको दुरुपयोग पनि हो।
गभर्नर पौडेलले प्रश्न गरे–
“एसएमई कर्जा मनग्य रूपमा उत्पादक क्षेत्रमा लगानी भयो कि छैन ?”
“कृषि कर्जा वास्तवमै खेत–बारीमा खर्च भयो कि विदेश जाने रकमका रूपमा प्रयोग भयो ?”
“कागज मात्र खेलाएर कर्जा देखाइएको त होइन ?”
उनले कृषिमा कर्जा सही रूपमा प्रयोग भएको भए उद्यमशिलता र रोजगारी बढ्ने तर वर्तमान स्थितिले त्यस्तो प्रगति नदेखाएको बताए। यसमा कर्जा प्रवाह गर्ने बैंक तथा लघुवित्तहरूको भूमिकाबारे पनि पुनः मूल्यांकन आवश्यक रहेको उनले स्पष्ट पार्यो।
यस्तै, गभर्नरले चेक बाउन्स, कालोसूची र ‘लोन लस प्रोभिजन’ अहिलेको प्रमुख समस्या भएको बताए।
उनका अनुसार, देशभर १९ लाख ऋणीमध्ये डेढ लाखभन्दा बढी कालोसूचीमा परेको स्थिति चिन्ताजनक छ, र यसले कर्जा प्रवाहमा अवरोध गरिरहेको छ।
उनले बैंकका शाखाहरू पनि सबै प्रभावकारी रूपमा सञ्चालनमा छन् कि छैनन् भन्नेबारे विशेष अध्ययन आवश्यक रहेको उल्लेख गरे।
अर्थ चौतारी ।