logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • एनपीएल सिजन २ अब केवल “डिशहोम गो” एपमा, सम्पूर्ण खेल विज्ञापनरहित प्रसारण हुने

    एनपीएल सिजन २ अब केवल “डिशहोम गो” एपमा, सम्पूर्ण खेल विज्ञापनरहित प्रसारण हुने

    1.7K
    SHARES
    एनपीएल सिजन २ अब केवल “डिशहोम गो” एपमा, सम्पूर्ण खेल विज्ञापनरहित प्रसारण हुने

    काठमाण्डौ ।  क्रिकेट सङ्घ नेपालले ‘डिशहोम गो’ (Dishhome Go) लाई यस वर्षको नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिक ओटीटी लाइभ स्ट्रिमिङ पार्टनरको रूपमा घोषणा गरिसकेको छ । १७ नोभेम्बर २०२५ (१ मङ्सिर, २०८२) देखि सुरु हुने यो क्रिकेट प्रतियोगिताको अनलाइनमा प्रत्यक्ष प्रसारणका लागि आवश्यक प्राविधिक तयार पुरा भइसकेको डिशहोमले जनाएको छ ।



     

    एपमार्फत एनपीएलका खेलको प्रत्यक्ष प्रसारण हेर्न ‘एनपीएल स्ट्रिम अन प्याक’ (NPL Stream ON Pack) खरिद गर्नुपर्ने हुन्छ । जसको मूल्य नेपालभित्र ३०० रुपैयाँ, मध्यपूर्वका लागि ५०० रुपैयाँ र त्यस बाहेकका अन्य देशहरूका लागि १० अमेरिकी डलर राखिएको छ ।

     

    नेपालमा खल्ती, इसेवा र भिसा तथा मास्टरकार्डबाट र अन्य देशहरूका लागि भिसा र मास्टरकार्डबाट यसको भुक्तानी गर्न सकिने बताइएको छ । यहाँ हामी तपाईँलाई शुल्क तिरेर डिशहोम गो मोबाइल एपबाट एनपीएलको लाइभ कसरी हेर्ने भन्ने बारेमा बताउँदै छौँ ।

     

    मोबाइल एपमा यसरी हेर्नुहोस्, एनपीएलको लाइभ

    – सबैभन्दा पहिला गुगल प्ले स्टोर अथवा एप्पल आईओएस स्टोरमा गएर ‘डिशहोम गो’ एप खोजेर डाउनलोड गर्नुहोस् । डिशहोमले डिशहोम गोको नयाँ अपडेट जारी गरिसकेको छ । ठुलो स्क्रिनमा हेर्न चाहनु हुन्छ भने वेबब्राउजर अथवा एन्ड्रोइड टिभी समेत प्रयोग गर्न सकिन्छ ।

    – अब अन्तिममा रहेको कन्टिन्यू (CONTINUE) लेखिएको कन्टिन्यु बटनमा ट्याप गर्नुहोस् र नोटिफिकेसन पठाउने अनुमति दिने वा नदिने मध्ये कुनै एक विकल्प चयन गर्नुहोस् ।

    – यति गरिसकेपछि एपको हाेम पेजबाट तल दायाँ कुनामा रहेको माेर (MORE) अप्सनबाट भित्र जानुहोस् र त्यहाँ रहेको लगइन (LOGIN) अथवा सस्क्राइब नाव (SUBSCRIBE NOW) मध्ये कुनै एक बटनमा दबाउनु होस् ।

    – लगइन विकल्प रोज्नु भयो भने अब मोबाइल नम्बर अथवा इमेल, फेसबुक र जिमेलको विकल्प देख्नु हुनेछ । त्यहाँबाट आफ्नो अनुकूलता अनुसार कुनै एक विकल्प रोजेर अघि बढ्न सक्नु हुन्छ ।

    – अब पुनः अघिकै माेर (MORE) अप्सनमा थिच्नुहोस् र अघि सस्क्राइब नाव (SUBSCRIBE NOW) मा दबाउनुहोस् । लगइन विकल्पको साटो सुरुमा सस्क्राइब नाव (SUBSCRIBE NOW) बाट अघि बढ्दा पनि अर्को चरणमा लगइन को प्रक्रिया पुरा गर्नु पर्ने नै हुन्छ ।

    – अब त्यहाँ तपाईँले आफ्नो लोकेसन अनुसारको एनपीएल सिजन पास देखु हुनेछ । त्यसमा रहेको योजना छनौट गर्नुहोस् विकल्प रोज्नुहोस् र सहजता अनुरूप भुक्तानीका लागि खल्ती, इसेवा वा भिसा तथा मास्टरकार्ड मध्ये कुनै माध्यम छानेर अन्तिममा रहेको सस्क्राइब नाव (SUBSCRIBE NOW USD) लेखिएको बटनमा ट्याप गर्नुहोस् ।

    यससँगै आफ्नो भुक्तानी प्रदायकको डिटेल राखेर सब्सक्रिप्सन पुरा गर्नुहोस् ।

     

     

    सजिलो भुक्तानी, नेपालदेखि विदेशसम्म

    दर्शकले सिजन पास खरिद गर्न ई-सेवा, खल्ती, भिसा र मास्टरकार्ड बाट सजिलै भुक्तानी गर्न सक्नेछन्।
    यसरी सब्स्क्रिप्सन लिएपछि सम्पूर्ण प्रतियोगिता लाइभ, पुनःप्रसारण तथा अन्य सामग्री हेर्न सकिनेछ।

    सक्रिप्सन शुल्क

    नेपालमा: रु. ३००

    मध्यपूर्वमा: रु. ५००

    अन्य देशमा: १० अमेरिकी डलर

     

     

    कहाँ हेर्न मिल्छ?

    ‘डिशहोम गो’ निम्न प्लेटफर्ममा उपलब्ध छ—

    एन्ड्रोइड र आईओएस मोबाइल एप

    एन्ड्रोइड टिभी

    वेब ब्राउजर मार्फत

    एप गुगल प्ले स्टोर र एप्पल एप स्टोरदुबैमा उपलब्ध छ।

     

     

    उच्च गुणस्तरको स्ट्रिमिङका लागि प्रविधि साझेदारी

    सुगम र उच्च स्तरको स्ट्रिमिङका लागि ‘डिशहोम गो’ ले मोबायोटिक्स र अकामाई जस्ता अन्तर्राष्ट्रिय प्रविधि कम्पनीहरूसँग सहकार्य गरेको छ। यी कम्पनीहरूले ठूलो संख्यामा दर्शक रहने प्रमुख खेलकुद इभेन्टहरूमा सेवा प्रदान गर्ने अनुभव राख्छन्।

    डिश मिडिया नेटवर्कका प्रतिनिधिहरूका अनुसार, एनपीएल सिजन २ ले नेपाली क्रिकेटलाई विश्वभर डिजिटल माध्यममार्फत अझै व्यापक बनाउने लक्ष्य राखिएको छ।


    अर्थ चौतारी
  • सोमबार, १ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट