logo

२०८२ चैत्र २८, शनिबार

logo
  • २०८२ चैत्र २८, शनिबार
  • नेपाल लाइफको २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

    नेपाल लाइफको २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

    1.4K
    SHARES
    नेपाल लाइफको २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

    काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयरधनी बोध प्रसाद त्रिपाठीको स्वामित्वमा रहेको २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।



     

    संस्थापक शेयर बिक्री गर्दा शुरूमा कम्पनीकै अन्य विद्यमान संस्थापक शेयरधनीहरूलाई नै प्राथमिकता दिनुपर्ने भएकाले हाल यसमा नेपाल लाइफका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै आवेदन दिन सक्नेछन्।

     

    इच्छुक शेयरधनीले आगामी ३५ दिनभित्र काठमाडौंको कमलपोखरीस्थित शेयर रजिष्ट्रार नेपाल लाइफ क्यापिटल लिमिटेडमा निवेदन दिनु पर्नेछ। उक्त समयावधिभित्र संस्थापक शेयरधनीबाट निवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जानकारी दिएको छ।


    अर्थ चौतारी
  • मंगलबार, २ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट