logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • शुभम पावरको साधारणसभा—लाभांश प्रस्ताव शून्य

    शुभम पावरको साधारणसभा—लाभांश प्रस्ताव शून्य

    2.4K
    SHARES
    शुभम पावरको साधारणसभा—लाभांश प्रस्ताव शून्य

    काठमाण्डौ । शुभम पावर लिमिटेडले लाभांश प्रस्तावबिनै आफ्नो एघारौँ वार्षिक साधारणसभा बोलाएको छ। मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा मंसिर २६ गते काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरबारमा दिउँसो १२:३० बजे बस्ने निर्णय गरेको हो।



     

     

    यसपालि कम्पनीले आफ्ना शेयरधनीलाई लाभांश वितरणसम्बन्धी कुनै पनि प्रस्ताव एजेन्डामा समावेश गरेको छैन। साधारणसभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्नेछ।

     

     

    त्यसैगरी, चालु वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण, सञ्चालक समितिबाट गरिएका कार्यसम्पादन अनुमोदन, संस्थागत सुशासन प्रतिवेदन स्वीकृति तथा सञ्चालक समितिको भत्ता र सेवासुविधासम्बन्धी प्रस्ताव पनि सभाले विचार गर्नेछ।

     

     

    कम्पनीले मंसिर १४ गते एक दिनका लागि बुक क्लोज गर्नेछ। त्यसअनुसार मंसिर ११ गतेसम्म नेप्सेमा नाम दर्ता भएका शेयरधनी मात्र साधारणसभामा भाग लिन योग्य हुनेछन्।


    अर्थ चौतारी
  • विहिबार, ४ मंसिर २०८२
  • सम्बन्धित समाचार