logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • नबिल बैंकलाई सेबोनबाट अग्राधिकार शेयर जारी गर्ने अनुमति, अन्य बैंक पर्खाइमा

    नबिल बैंकलाई सेबोनबाट अग्राधिकार शेयर जारी गर्ने अनुमति, अन्य बैंक पर्खाइमा

    2.2K
    SHARES
    नबिल बैंकलाई सेबोनबाट अग्राधिकार शेयर जारी गर्ने अनुमति, अन्य बैंक पर्खाइमा

    काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नबिल बैंकलाई अग्राधिकार शेयर जारी गर्न अनुमति दिएको छ। शुक्रबार मंसिर ५ गते सेबोनले ५ अर्ब रुपैयाँ बराबरको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्न अनुमति दिएको हो। सो अग्राधिकार शेयरको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहनेछ।



     

    बैंकले व्यापार विस्तार तथा जोखिम व्यवस्थापनका लागि अतिरिक्त प्राथमिक पुँजी जुटाउन अग्राधिकार शेयर जारी गर्न लागेको हो। सेबोनले गत असारमा निर्देशिकामा संशोधन गर्दै बैंक तथा वित्तीय संस्थालाई अग्राधिकार शेयर जारी गर्ने बाटो खुलेको थियो।

     

     

    संशोधित निर्देशिकाअनुसार बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट स्वीकृति लिएपछि मात्रै सेबोनमा आवेदन दिन सक्नेछन्। अग्राधिकार शेयर १०० रुपैयाँ अंकित मूल्यमै जारी गर्नुपर्ने व्यवस्था छ।
    ५० जनाभन्दा कम संस्थागत लगानीकर्तालाई मात्र निष्कासन गर्न पाइने र सर्वसाधारणले लगानी गर्न नपाउने प्रावधान राखिएको छ।

     

    अग्राधिकार शेयर जारी गर्ने बाटो खुलेसँगै प्राथमिक पुँजी कोष मजबुत बनाउन नसकेका बैंकलाई राहत हुने देखिएको छ। केही बैंकले राष्ट्र बैंकमा स्वीकृतिका लागि निवेदन पनि दिइसकेका छन्।

     

     

    कुन–कुन बैंक पर्खाइमा ?

    १) एनएमबि बैंक
    – ३ अर्ब बराबरको ‘एनएमबि ८.२५% अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ ल्याउने तयारी, जारी पुँजी करिब १८.३६ अर्बबाट २१.३६ अर्ब पुग्ने

    २) सिद्धार्थ बैंक
    – ३ अर्ब ५० करोड बराबरको ‘एसबीएल ८.२५% अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ प्रस्ताव पारित, जारी पुँजी करिब १४.८ अर्बबाट १७.५८ अर्ब पुग्ने

    ३) एनआईसी एसिया बैंक
    – ५ अर्ब बराबरको अग्राधिकार शेयर जारी गर्ने योजना, जारी पुँजी १४.९१ अर्बबाट १९.९१ अर्ब पुग्ने

    ४) सानिमा बैंक
    – २ अर्ब बराबरको ८.२५% अविमोच्य असञ्चिति अग्राधिकार शेयर ल्याउन तयारी, अधिकृत पुँजी २० अर्बबाट २२ अर्ब पुग्ने

    ५) कामना सेवा विकास बैंक
    – राष्ट्र बैंकबाट पूर्वस्वीकृति प्राप्त, ३५ करोड बराबरको ९% अविमोच्य असञ्चिति अग्राधिकार शेयर ल्याउन योजना

    ६) मुक्तिनाथ विकास बैंक
    – २ अर्ब बराबरको ८.५% अग्राधिकार शेयर प्रस्ताव पारित, जारी पुँजी ७.०४ अर्बबाट ८.०४ अर्ब पुग्ने

    अन्य केही बैंक तथा वित्तीय संस्थाहरू पनि अग्राधिकार शेयर जारी गर्ने तयारीमा रहेका छन्।


    अर्थ चौतारी
  • शुक्रबार, ५ मंसिर २०८२
  • सम्बन्धित समाचार