logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • विराटनगरले टस जित्यो, सुदूरपश्चिम पहिले ब्याटिङमा

    विराटनगरले टस जित्यो, सुदूरपश्चिम पहिले ब्याटिङमा

    897
    SHARES
    विराटनगरले टस जित्यो, सुदूरपश्चिम पहिले ब्याटिङमा

    काठमाण्डौ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ।



     

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर बलिङ गर्ने निर्णय गरेका हुन्। विराटनगरले शंकर रानाको स्थानमा नारायण जोशीलाई ल्याएको छ।

     

    सुदूरपश्चिमले भने पाँच खेलाडी परिवर्तन गरेको छ। दीपक बोहरा, हिक्मत महरा, जस ब्राउन, धु्रव परासर र पुनित मेहरालाई आजको खेलमा बेन्चमा राखेको छ।

     

    सुदूरपश्चिम रोयल्सको टोली : दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अविनास बोहरा, इशान पाण्डे, विनोद भण्डारी, हेमन्त धामी, मिलन बोहरा, सेल्डन ज्याक्सन, स्कट कुग्लेन, मुख्तर अहमद र हरमित सिंह।

    विराटनगर किंग्सको टोली : प्रतिश जिसी, लोकेश बम, बसिर अहमद, सन्दीप लामिछाने, सूर्य तामाङ, नरेन भट्ट, नारायण जोेशी, साम हिजलेट, फाफ डु प्लेसिस, मार्टिन गप्टिल र मर्चेन्ट डि लाङगे।


    अर्थ चौतारी
  • मंगलबार, २३ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट