logo

२०८२ फागुन १९, मंगलबार

logo
  • २०८२ फागुन १९, मंगलबार
  • दोस्रो क्वालिफायरमा आज लुम्बिनी र विराटनगर भिड्दै

    दोस्रो क्वालिफायरमा आज लुम्बिनी र विराटनगर भिड्दै

    988
    SHARES
    दोस्रो क्वालिफायरमा आज लुम्बिनी र विराटनगर भिड्दै

    काठमाण्डौ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दैछन् ।



     

    पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो ।

     

    लुम्बिनीले इलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई ४ विकेटले हराएर दोस्रो क्वालिफायरमा पुग्न सफल भएको छ । लिग चरणमा लुम्बिनीले विराटनगरलाई ५ विकेटले हराएको हो ।

    आज विजयी हुने टोली फाइनलमा पुग्ने भएकाले दुवै टोलीका लागि यो खेल महत्त्वपूर्ण छ । विजयी टोली उपाधिका लागि सुदूरपश्चिमसँग सामना गर्नेछ । फाइनल खेल यही मङ्सिर २७ गते हुनेछ ।


    अर्थ चौतारी
  • विहिबार, २५ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट