logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • कुमारी बैंकले डाक्यो पुस ३० गते साधारण सभा

    कुमारी बैंकले डाक्यो पुस ३० गते साधारण सभा

    2.5K
    SHARES
    कुमारी बैंकले डाक्यो पुस ३० गते साधारण सभा

    काठमाण्डौ । कुमारी बैंकले पुस ३० गते २५औं वार्षिक साधारण सभा गर्दैछ । सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजे सुरु हुनेछ । बैंकको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो ।



     

     

    बैंकले लाभांश वितरण नगर्ने निर्णय गरेको छ । साधारणसभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नेछ।

     

    सभाले बैंकको सहायक कम्पनी कुमारी क्यापिटल र केबीएल सेक्युरिटिज लिमिटेडको गत आवको वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण पारित गर्ने र चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि साधारणसभाले पारित गर्नेछ।

     

    बैंकले साधारणसभा प्रयोजनार्थका लागि पुस १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।


    अर्थ चौतारी
  • आइतबार, २८ मंसिर २०८२
  • सम्बन्धित समाचार