logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • एमालेको एघारौँ महाधिवेशनमा बन्द सत्र सुरु

    एमालेको एघारौँ महाधिवेशनमा बन्द सत्र सुरु

    1.4K
    SHARES
    एमालेको एघारौँ महाधिवेशनमा बन्द सत्र सुरु

    काठमाण्डौ । नेकपा (एमाले)को एघारौँ महाधिवेशनको बन्द सत्र आइतबार अपराह्न सुरु भएको छ।



     

    काठमाण्डौको भृकुटीमण्डपमा आइतबार अपराह्न सवा ३ बजे बन्द सत्र सुरु भएको हो। बन्द सत्रलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन्।

     

    महाधिवेशनको बन्द सत्रमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि सम्बोधन गर्नेछन्। उनले आफ्नो अवधारणा पत्र राख्ने कार्यक्रम रहेको छ। यसअघि बिहान भृकुटीमण्डपमै एमालेको केन्द्रीय कमिटीको बैठक बसेको थियो। बैठकले दशौँ महाधिवेशनबाट पारित व्यवस्थालाई नै ब्युँताएको थियो।

    तीन महिनाअघि विधान महाधिवेशनले पदाधिकारी र केन्द्रीय सदस्य संख्या घटाउने निर्णय गरेको थियो। तर, आज बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारी १९ र केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाउने निर्णय गरेको थियो। बन्द सत्रले त्यहीअनुसार, नेतृत्व चयन गर्नेछ।


    अर्थ चौतारी
  • आइतबार, २८ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट