logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • १२.५० अङ्कले घट्यो नेप्से

    १२.५० अङ्कले घट्यो नेप्से

    1.3K
    SHARES
    १२.५० अङ्कले घट्यो नेप्से

    काठमाण्डौ । साताको पहिलो कारोबार आज (आइतबार) सेयर बजार परिसूचक (नेप्से) १२.५० अङ्कको गिरावट आएको छ ।



    उक्त अङ्कको गिरावटसँगै २५९४.८७ विन्दु कायम भएको छ । गत साताको अन्तिम कारोबार १.६६ अङ्कले घटेर २ हजार ६०७.३७ विन्दुमा बन्द भएको थियो ।

     

    आज ४ अर्ब ७४ लाख बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका कुल कम्पनीमध्ये ५६ कम्पनीको शेयर मूल्य बढेको छ भने १९७ कम्पनीको घटेको छ । यस्तै ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।

     

    बैंकिङ र म्युचुअल फन्डबाहेक सबै उपसमूह घटेका छन् । लाइफ इन्स्योरेन्सको सर्वाधिक ११५ अङ्क अर्थात् ०.८७ प्रतिशतले घटेको छ ।

     

    आज स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड र एसवार्य प्यानलको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।


    अर्थ चौतारी
  • आइतबार, २८ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट