logo

२०८३ जेष्ठ १६, शनिबार

logo
  • २०८३ जेष्ठ १६, शनिबार
  • विधान संशोधन गर्ने हो भने अध्यक्ष र महासचिव मात्रै राखौं, हामी बारीका पाटामा बसौंला : विष्ट

    विधान संशोधन गर्ने हो भने अध्यक्ष र महासचिव मात्रै राखौं, हामी बारीका पाटामा बसौंला : विष्ट

    2K
    SHARES
    विधान संशोधन गर्ने हो भने अध्यक्ष र महासचिव मात्रै राखौं, हामी बारीका पाटामा बसौंला : विष्ट

    काठमाण्डौ । नेकपा एमालेको ११औ‌ं राष्ट्रिय महाधिवेशनअन्तर्गत विधान संशोधन र केन्द्रीय कमिटीको संरचना विषयमा विवाद जारी छ । एमालेका सचिव गोकर्ण विष्टले विधान संशोधन अहिले नै गर्ने भए अध्यक्ष र महासचिव पद मात्रै कायम राख्नुपर्ने सुझाव दिएका छन् ।



     

    उनले भनेका छन्, ‘अहिले विधान संशोधन गर्ने भए अध्यक्ष र महासचिव मात्रै राखौं, बाँकी हामी बारीको पाटोमा बसौंला ।’ यसले महाधिवेशनमा अन्य पदाधिकारीको संख्या र वितरणबारे अझै पूर्ण सहमति नपुगेको संकेत गरेको छ ।

     

    एमालेको महाधिवेशनको बन्दसत्रमा विधान संशोधन, पदाधिकारी संख्या र नेतृत्व चयन प्रक्रिया समेटिएको एजेन्डा रहेका छन् । विभिन्न समूहबीच असहमति रहेकाले पदहरूको संरचना तत्काल टुङ्गो लगाउन सकिएको छैन ।

    पार्टी स्रोतका अनुसार बैठकमा विवाद समाधानका प्रयास जारी रहेको र बाँकी पदाधिकारीको विषयमा सहमति मिलाउने प्रयास भइरहेको छ ।


    अर्थ चौतारी
  • आइतबार, २८ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट