logo

२०८३ जेष्ठ १२, मंगलबार

logo
  • २०८३ जेष्ठ १२, मंगलबार
  • शेयर बजारमा सामान्य वृद्धि, कारोबार रकम भने घट्यो

    शेयर बजारमा सामान्य वृद्धि, कारोबार रकम भने घट्यो

    1.9K
    SHARES
    शेयर बजारमा सामान्य वृद्धि, कारोबार रकम भने घट्यो

    काठमाण्डौ । आज साताको दोस्रो दिन शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ६ दशमलव ७४ अंकले बढेर २,६०१ को विन्दुमा कायम भएको छ । आज १५५ कम्पनीको शेयर मूल्य बढेको छ भने ९४ कम्पनीको शेयर मूल्य घटेको छ ।



     

     

    आज दिनभरिमा ३२९ कम्पनीको ७७ लाख ५७ हजार ६२५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४४ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १४ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । लक्ष्मी सनराइज बैंकको १४ करोड १५ लाखको शेयर कारोबार भएको छ । नेपाल एसबिआई बैंकको १३ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

     

    आज सबैभन्दा धेरै स्वस्तिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । एसवाई प्यानलका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । श्वत गंगाका लगानीकर्ताले ८ दशमलव ७९ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै हिम स्टार ऊर्जाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका हुन् ।

     

    आज बजारमा १५५ कम्पनीको शेयरभाउ बढ्दा ९४ कम्पनीको शेयरभाउ घटेको छ। यो दिन १० वटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

    बजारमा आज करिब साढे ३ अर्ब रुपैयाँको कारोबार भएको छ। यो दिन ङादी ग्रुपको सर्वाधिक कारोबार भएको छ।

    उच्च कारोबार भएका १० कम्पनी

    • ङादी ग्रुप पावरः १४ करोड २५ लाख रुपैयाँ
    • लक्ष्मी सनराइज बैंकः १४ करोड १५ लाख रुपैयाँ
    • नेपाल एसबीआई बैंकः १३ करोड ४८ लाख रुपैयाँ
    • सीईडीबी होल्डिङ्सः ९ करोड ६० लाख रुपैयाँ
    • हिमालयन रिइन्स्योरेन्सः ७ करोड ५६ लाख रुपैयाँ
    • श्रीनगर एग्रीटेकः ६ करोड २४ लाख रुपैयाँ
    • सागर डिस्टिलरीः ६ करोड ३५ लाख रुपैयाँ
    • मञ्जुश्री फाइनान्सः ६ करोड १२ लाख रुपैयाँ
    • नारायणी डेभलपमेन्ट बैंकः ५ करोड २७ लाख रुपैयाँ
    • अपर साङ्गे हाइड्रोपावरः ५ करोड १९ लाख रुपैयाँ


    अर्थ चौतारी
  • सोमबार, २९ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट