काठमाण्डौ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, नायव प्रमुख कार्यकारी अधिकृत मणिराज पोखरेल, प्रमुख कर्जा अधिकृत रिवाश श्रेष्ठ र राजेन्द्र शाक्यको बैंकिङ्ग कसूर मुद्दाको अनुसन्धानको लागि थप ५ दिन म्याद थप भएको छ ।
उच्च अदालत पाटनका न्यायाधीश लालबहादुर कुवँर र न्यायाधीश गिताप्रसाद तिम्सिनाको वाणिज्य इजलासबाट सोमबार थप ५ दिन म्याद थप भएको उच्च अदालत पाटनको प्रशासन शाखाले जनाएको हो ।
करिब एक अर्ब आर्थिक अपचलन गरेको आरोप लगाउदैँ प्रभु म्यानेजमेन्टका अध्यक्ष कुशुम लामाले जाहेरी दिएपछि नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)ले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
यसअघि प्रभु ग्रुपका अध्यक्ष देवीप्रसाद भट्टचन समेत यसै प्रकरणमा पक्राउ परेर रिहा भएका थिए ।
अर्थ चाैतारी ।