logo

२०८२ पुस २८, सोमबार

logo
  • २०८२ पुस २८, सोमबार
  • लाभांश र मर्जर प्रस्ताव सहित स्वरोजगार लघुवित्तले डाक्यो साधारणसभा

    लाभांश र मर्जर प्रस्ताव सहित स्वरोजगार लघुवित्तले डाक्यो साधारणसभा

    637
    SHARES
    लाभांश र मर्जर प्रस्ताव सहित स्वरोजगार लघुवित्तले डाक्यो साधारणसभा

    काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आउँदो माघ ३ गते शनिबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान साढे ११ बजे सत्रौं वार्षिक साधारणसभा बोलाएको छ।



     

     

    सभाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको प्रस्ताव पारित गर्नेछ। साथै अन्य लघुवित्तसँग मर्जरमा जान र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।

     

     

    त्यसैगरी गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति गर्ने, सञ्चालकहरूको बैठक भत्ता बढाउने र सञ्चालक समितिका लागि ३ जना सर्वसाधारण शेयरधनीको निर्वाचन पनि सभाले गर्नेछ।

     

     

    साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस १८ गते कम्पनीको शेयर दाखिल खारेज गर्ने निर्णय गरिएको कम्पनीले जानकारी दिएको छ।


    अर्थ चौतारी
  • विहिबार, १० पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट