logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • एनआईसी एशिया बैंकका नवनियुक्त अध्यक्ष अग्रवालले लिए सपथ

    एनआईसी एशिया बैंकका नवनियुक्त अध्यक्ष अग्रवालले लिए सपथ

    2K
    SHARES
    एनआईसी एशिया बैंकका नवनियुक्त अध्यक्ष अग्रवालले लिए सपथ

    काठमाण्डौ । एनआईसी एशिया बैंकका नवनियुक्त अध्यक्ष अशोककुमार अग्रवालले शपथ लिएका छन् ।बिहीबार अध्यक्ष अग्रवालले नेपाल राष्ट्र बैंकका गर्भनर प्रा. डा. विश्वनाथ पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।



     

    बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव संगालेका अग्रवाल एनआईसी एशिया बैंकको अध्यक्ष पदमा नियुक्त भएका हुन् । पुस ९ गते बसेको बैंकको सञ्चालक समितिको ७४४औँ बैठकले आजकै मितिदेखि लागू हुने गरी उनलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

     

    बैंकको अध्यक्षजस्तो गरिमामय पदमा नियुक्त अग्रवालले नेपालको बैंक तथा वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो समयदेखि कार्यअनुभव हासिल गर्दै सफल नेतृत्व प्रदान गर्दै आएका छन् । उनले मुलुकको आर्थिक विकासमा समेत महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन् ।

     

    उच्च नेतृत्वदायी क्षमता, दूरदृष्टि र स्पष्ट रणनीतिका साथ दीर्घकालीन योजनामा विश्वास राख्ने अग्रवालको कार्यकालमा बैंकले महत्वपूर्ण उपलब्धिहरू हासिल गर्ने तथा संस्थालाई सफलताको थप उचाइमा पुर्याउँदै प्रतिष्ठाको नयाँ शिखरमा लैजाने विश्वास बैंकले व्यक्त गरेको छ ।


    अर्थ चौतारी
  • विहिबार, १० पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट