logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • बिहीबारभन्दा २.१ डिग्री सेल्सियस तल झर्‍यो काठमाण्डौको न्यूनतम तापक्रम

    बिहीबारभन्दा २.१ डिग्री सेल्सियस तल झर्‍यो काठमाण्डौको न्यूनतम तापक्रम

    1K
    SHARES
    बिहीबारभन्दा २.१ डिग्री सेल्सियस तल झर्‍यो काठमाण्डौको न्यूनतम तापक्रम

    काठमाण्डौ । सुरुवाती मापनमा आज (शुक्रबार) काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम हिजो (बिहीबार) को भन्दा २.१ डिग्री सेल्सियस घटेको छ। मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे गरिएको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस देखिएको हो। हिजो यो बेला उपत्यकाको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस थियो।



     

    बिहीबार दोस्रोपटक बिहान ८:४५ बजे मापन गर्दा पनि काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस नै कायम भएको थियो। आजको आधिकारिक न्यूनतम तापक्रम पनि अहिले बिहान ८:४५ बजे पुन: मापन गरिन्छ। त्यतिबेला न्यूनतम तापक्रम थप घट्ने सम्भावना हुन्छ, कहिलेकाहीँ भने बिहान ५:४५ बजेकै कायम रहन पनि सक्छ।

     

    मौसमविद्का अनुसार रातभर आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम बढ्छ, आकाश सफा रह्यो भने घट्छ। न्यूनतम तापक्रम घट्नुको अर्थ बिहान चिसो बढ्नु हो।

     

    मौसम महाशाखाले हरेक दिन काठमाण्डौसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ। न्यूनतम बिहान ८:४५ बजे र अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ। सबैभन्दा तल झरेको तापक्रम न्यूनतम हुन्छ भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम हुन्छ।

     

    बिहीबार यस्तो थियो न्यूनतम र अधिकतम तापक्रम सूची:

    स्रोत : मौसम पूर्वानुमान महाशाखा

     


    अर्थ चौतारी
  • शुक्रबार, ११ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट