logo

२०८२ माघ ८, विहिबार

logo
  • २०८२ माघ ८, विहिबार
  • सुनको मूल्य प्रतितोला २ लाख ६९ हजार नाघ्यो

    सुनको मूल्य प्रतितोला २ लाख ६९ हजार नाघ्यो

    533
    SHARES
    सुनको मूल्य प्रतितोला २ लाख ६९ हजार नाघ्यो

    काठमाण्डौ । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको छ । शुक्रबार (आज) पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ।



    आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६९ हजार ३०० र त्यति नै चाँदीको मोल ४ हजार ५८५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । दुवै धातुको मूल्य हालसम्मको उच्च हो ।

     

    गत बुधबार छापावाल सुन प्रतितोला २ लाख ६८ हजार १०० मा र चाँदी ४ हजार ४२० मा कारोबार भएको थियो ।

     

     

    बिहीबार दुवै धातुको मूल्यमा सामान्य गिरावट आएर प्रतितोला सुन २ लाख ६७ हजार ५०० र चाँदी ४ हजार ४०० मा कारोबार भएको थियो ।

     

    अमेरिकी डलरको भाउ बढेसँगै सुनचाँदीको मूल्य पनि बढेको विश्लेषकहरूले बताएका छन् । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५०० र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।


    अर्थ चौतारी
  • शुक्रबार, ११ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट